रियल मड्रिड अन्तिम १६ मा

मंसिर–८ । च्याम्पियन्स लिग फुटबलमा समूह ‘एफ’कोरियल मड्रिड अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ । मंगलबार भएको खेलमा स्पोर्टिङ लिस्बोनलाई २–१ ले हराउँदै मड्रिड नकआउट चरणमा स्थान बनाउन सफल भएको हो ।
रियल मड्रिडको जितको लागि राफाएल वारानेले २९ औँ मिनेटमा गोल गर्दै सुरुवाति अग्रता दिलाए । ६४ औँ मिनेटमा जुआओ पेरेरा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको लिस्बोनले ८० औँ मिनेटमा सिल्भाको पेनाल्टीबाट खेलमा बराबरी गरेका थिए । तर ८७ औँ मिनेटमा करिम बेन्जिमाले मड्रिडको लागि दोस्रो गोल गरेपछि मड्रिडले जित हात पार्न सफल रह्यो ।
जितसँगै रियल मड्रिड लगातार २० औं पटक च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्न सफल भएको छ ।
Champions League
Real Madrid
sporting lesbon