समाज

गढीमाईलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्दछः राष्ट्रपति भण्डारी

गढीमाईलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्दछः राष्ट्रपति भण्डारी
मंसिर - ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले गढीमाई मन्दिरलाई लुम्बिनी र पशुपतिनाथको जस्तो धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्न बताएकी छन्। बारा जिल्ला गढीमाई नगरपालिकास्थित शक्तिपीठ गढीमाईको आज पूजाअर्चनापछि आयोजित सभालाई सम्बोधन गर्दै उनले गढीमाईलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न बृहत्तर गुरुयोजना बनाई सरकारसमक्ष पेस गर्न सुझाव दिए । राष्ट्रपति भण्डारीले गढीमाईको विकास गर्ने गुरुयोजना कार्यान्वयनका लागि आफूले सरकारलाई घचघच्याउने बताइन् । गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहको सभापतित्वमा सम्पन्न उक्त सभामा समितिका सचिव मोतीलाल कुसवाहाले मन्दिरको विकासका लागि अबलम्बन गर्नुपर्ने नीतिमाथि प्रकाश पारिन्।

bidhya debi bhandari gadhimai mela

विशेष