बार्सिलोना र सेल्टिक मैदानमा उत्रिदै, के सेल्टिकले हारको बदला लेला त !
मंसिर–८ । जारी च्याम्पियन्स लिगको खेलमा नेपाली समयअनुसार आज राति १:३० बजे बार्सिलोना र सेल्टिक मैदानमा उत्रिदैछन् । सेल्टिक पार्कमा यी दुई टोलीको खेल हुन लागेको हाे ।
च्याम्पियन्स लिगको समूह ‘सी’मा रहेको बार्सिलोना ४ खेलबाट ९ अंकका साथ शीर्ष स्थानमा छ भने ४ खेलबाटै २ अंकमात्र जोड्न सफल सेल्टिक अन्तिम तथा चौथो स्थानमा रहेको छ ।
बार्सिलोनाले ३ जितका साथ १ मात्र हार व्यहोरेको छ । बार्सिलोनाले म्यानचेस्टर सिटीसँग ३–१ गोलले पराजित भएको थियो । यसअघि भने च्याम्पियन्स लिगमै बार्सिलोनाले म्यानचेस्टर सिटीलाई नै ४–० ले हराएको थियो । त्यस्तै बोरुसियालाई २–१ ले र सेल्टिकलाई नै ७–० को सजिलो सेटमा पराजित गरेको थियो ।
त्यस्तै सेल्टिकले २ बराबरी र २ खेलमा पराजित भएको छ । सेल्टिकले म्यानचेस्टर सिटीसँग ३–३ को र मोन्चेलग्लाडबाचसँग १–१ को बराबरी खेलेको थियो । त्यस्तै मोन्चेलग्लाडबाचसँगै ०–२ को र बार्सिलोनासँग ७–० को हार व्यहोरेको छ ।