खेल

नेपाली महिला क्रिकेट टोली थाइल्यान्ड प्रस्थान

नेपाली महिला क्रिकेट टोली थाइल्यान्ड प्रस्थान

मंसिर- ८ । थाइल्यान्डमा हुने एसिया कप प्रतियोगतामा सहभागिता जनाउन नेपाली महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । बीना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले सफलताका लागि शुभकामना दिँदै बिदाइ गरेका थिए ।

दुई महिनाअघि हङ्कङमा भएको विश्वकप छनोट प्रतियोगितामा एसिया क्षेत्रबाट दोस्रो हुँदै नेपाल एसिया कपमा छनोट भएको हो । एसियाली क्रिकेट परिषद् (एसिसी)को आयोजनामा यो प्रतियोगिता यही मङ्सिर ११ गतेदेखि सञ्चालन हुँदैछ । नेपालले शनिबार पाकिस्तानसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै, १३ गतेको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले १४ गते बङ्गलादेश, १६ गते थाइल्यान्ड तथा १७ गते भारतससँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीका प्रशिक्षक राजु बस्न्यातले क्षेत्रीको कप्तानीमा रहेको टोलीले उत्कृष्ट खेल प्रदर्शन विश्वास व्यक्त गरे ।

Nepali cricket team

विशेष