नेयमारलाई २ वर्ष जेल हुन सक्ने
मंसिर–८ । बार्सिलोनाका स्टार नेयमारविरुद्ध स्पेनिस अदालतमा कर–छली तथा भ्रष्टाचारको मुद्दा चलिरहेको छ । ब्राजिलियन क्लब सान्तोसबाट २०१३ मा बार्सिलोना अनुबन्ध हुँँदा भ्रष्टाचार तथा कर छलेको भन्दै स्पेनिस अदालतमा मुद्दा दायर भएको हो ।
स्पेनिस सरकारी वकिलले बार्सिलोनाका स्टार नेयमारलाई २ वर्ष जेल सजायको माग पनि गरेका छन् ।
अदालती बहसका क्रममा सरकारी वकिलले बार्सिलोनाका पूर्व अध्यक्ष रासेललाई पनि ५ वर्ष जेल र क्लबलाई ८.४ मिलियन युरो जरिवानाको माग गरे ।
नेइमारले अक्टोबरमा मात्र बार्सिलोनासँग थप ५ वर्षको लागि अनुबन्धित पत्रमा हस्ताक्षर गरेका छन् । यसअघि बार्सिलोनाकै लियोनल मेस्सीलाई पनि कर–छलीका कारण २१ महिनाको जेल सजाय सुनाइएको थियो ।
Barcelona
neymar
spanish court