#हनुमानजी पछि #सुमनभाइ हिट
मंसिर ९ । चलचित्र पशुपतिप्रसादमा नायकले हनुमान बनेका एक पात्रलाई बेलाबेलामा भनिरहन्छन् –‘हनुमानजी यो भष्मेले साह्रै दुःख दियो ।’ आर्यघाटको भष्मे डनको फूर्ति हनुमानजीसँग भने चल्दैन । फिल्मका नायकले पटक पटक ‘हनुमानजी’ भन्छन् । फिल्म रिलिज भएको धेरैपछि ‘हनुमानजी’ चल्तीमा आयो ।
पछिल्लो प्रकरणमा कञ्चन शर्माको अन्तर्वार्ता कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘सुमनसँग’मा पत्रकार सुमन खरेलले लिए । अन्तर्वार्ता शुरुमा सुपरहिट भयो । त्यसपछि त्यसले पत्रकार खरेललाई नै ब्याक फायर गर्यो । किनभने अन्तर्वार्तामा कञ्चनले बोलेका धेरै धारणाहरु सत्यको कसौटीमा खरो उत्रन सकेनन् ।
कञ्चन र सुमन खरेलबीच को जेठो होला ? त्यो थाहा छ्रैन । तर कञ्चनले अन्तर्वार्ताका क्रममा बेला बेला भन्छिन्, ‘सुमनभाइ’ ।
अचेल फेसबुक, ट्विटर आदिमा मानिसहरुले आफ्नो धारणा राखेपछि ह्यासट्याग सुमनभाइ लेख्न थालेका छन् । पत्रकार खरेलको कञ्चन शर्मासँग लिएको अन्तर्वार्ता र त्यसपछिको विवादको रन्को अझै सेलाइसकेको छैन ।