मनोरञ्जन

किन आफ्ना व्यक्तिगत कुराहरु सेयर गर्न चाहदैँनन् यी अभिनेता ?

किन आफ्ना व्यक्तिगत कुराहरु सेयर गर्न चाहदैँनन् यी अभिनेता ?

 


बलिउड अभिनेता साहरुख खानले आफ्ना व्यक्तिगत कुराहरु खुलेर बोल्न नसक्ने बताउँछन् ।

आउँदै गरेको फिल्म ‘डियर जिन्दगी’ मा आलियाको साइकाइट्रिस्ट बनेर अभिनय निभाएका साहरुख आफूले व्यत्तिगत जीवनको लागि कसैसँग सरसल्ला लिने नगरेको बताउँछन् । अधिकांस मानिसहरु आफ्नो मनमा नजिक भएका मानिससँग व्यत्तिगत कुराहरु साटासाट गर्छन् ।

समय समयमा त्यस्ता विषय कसैसँग पोख्दा आनन्द महसुश हुने गरेको पनि धेरैको अनुभवले बताउँछ । तर, यी अभिनेता भने कसैसँग व्यक्तिगत विषय साट्न नरुचाउँने बताउँछन् । त्यसका साथै आफ्नो नितान्त व्यक्तिगत मामिलाको सल्लाहकार पनि आफैँ हुने गरेको बताउँछन् । आफू एकदम लजालु स्वभावको भएको र आफू नजिकका व्यक्तिसँग पनि व्यक्तिगत विषयको मामिलामा खुल्न नसक्ने साहरुखको भनाइ छ ।

यस्ता कुरा आफैँसँग राख्ने र फिल्मका रोलमार्फत कहिलेकाहीँ व्यक्तिगत जीवनका विषय पनि पोख्ने गरेको उनले जानकारी दिए । किशोर अवस्थाका दुई छोराछोरीका पितासमेत रहेका साहरुख छोराछोरीलाई पनि उनीहरको व्यक्तिगत मामिलामा सल्लाह दिन रुचाउँदैनन् । एक मिडियासँगको कुराकानीमा उनले आफूले कहिल्यै छोराछोरीसँग बसेर सल्लाह नदिएको बताए ।

 एजेन्सी


 

sharukh Khan

विशेष