खेल

बार्सिलोना र म्यानचेस्टर सिटी अन्तिम १६ मा

बार्सिलोना र म्यानचेस्टर सिटी अन्तिम १६ मा
मंसिर–९ । च्याम्पियन्स लिगको अन्तिम १६ मा बार्सिलोना पुग्न सफल भएको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले सेल्टिकलाई २–० ले हराउँदै नकआउट चरणमा पुग्न सफल भएको हो । समूह ‘सी’मा रहेको बार्सिलोनाको लागि मेस्सीले २४ औँ मिनेटमा नेयमारको पासमा गोल गर्दै सुरुवाति अग्रता दिलाए । त्यसपछि ५५ औँ मिनेटमा पाएको पेनाल्टीमा पुन : मेस्सीले गोल गर्दै बार्सिलोनाको लागि अग्रता दोब्बर बनाए । बार्सिलोनासँग हारेपछि सेल्टिक समूहचरणबाट बाहिरिएको छ । त्यसैगरी म्यानचेस्टर सिटीले बराबरी खेल खेलेपनि अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ । सिटीले बोरुसिया मोन्चेनग्लाडबाचसँग १–१ गोलको बराबरी खेलेको थियो । बोरुसियाको लागि २३ औँ मिनेटमा राफेलले गोल गर्दै अग्रता दिलाएका थिए तर पहिलो हाफको अतिरिक्त समयमा सिटीको लागि डि.सिल्भाले बराबरी गोल गरेपछि खेल बराबरीमा सकिएको हो । समूहको शीर्ष स्थानमा रहेको बार्सिलोनाको ५ खेलबाट १२ अंक भने म्यानचेस्टर सिटीको ८ अंक छ ।

Barcelona Champions League manchester city

विशेष