रुपन्देहीमा अन्तराष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता
मंसिर–९ । लोपोन्मुख हुँदै गइरहेको कुस्ती खेलको संरक्षण गर्न रुपेन्देहीमा अन्तराष्ट्रिय स्तरको प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताको आयोजना बजरंग समितिले गरेकाे हाे ।
२७ देखि २९ गतेसम्म कुस्ती सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायत देशका कुस्तीबाजहरुको सहभागीता रहने आयोजकले जनाएको छ । नेपालका नागा बाबा, राजु थापा, भारतका उमाशंकर यादव, भुरा सिहं, पथ्थर सिंहसहित २ सय २६ जना पहलवानले भाग लिनेछन् ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार १ सय नगद, द्वितीय हुनेले एलसिडी टि.भी र उत्कृष्ट प्रदर्शन गर्नेले मोटरसाइकल पुरस्कार स्वरुप पाउने छन् ।
समितिका अध्यक्ष प्रकाश धवलको अनुसार स्थानीय लोक संस्कृतिको बिरहा तर्फ प्रसिद्ध गायक बि.एम सहानी, हरिकेश यादव, सुनिता यादव लगायतका कलाकारहरुको प्रस्तुती पनि रहने छ ।
bajrang samiti
kushti
rupendehi