खेल

पाकिस्तानसँग क्रिकेट नखेल्ने निर्णयले भारतीय टोलीलाई आईसीसीको झट्का

पाकिस्तानसँग क्रिकेट नखेल्ने निर्णयले भारतीय टोलीलाई आईसीसीको झट्का
मंसिर–९ । आईसिसी महिला च्याम्पियनसिप अन्तर्गत भारतले पाकिस्तानसँग खेल नखेल्ने निर्णय गर्दा भारतीय टोलीलाई ठूलो झट्का लागेको छ । भारतीय टिमले पाकिस्ताको महिला क्रिकेट टिमसँग खेल नखेल्ने निर्णय गरेपछि अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसिसीले खेलको सबै अंक पाकिस्तानी महिला क्रिकेट टिमलाई दिने निर्णय गरेको छ । आइसिसी महिला च्याम्पियनसिपमा भारतले पाकिस्तानसँग ३ खेल खेल्नु पर्ने थियो । तर भारतले काश्मिरको विषयलाई लिएर उत्पन्न तनावका कारण पाकिस्तानसँग नखेल्ने निर्णय गरेको हो । आइसिसीको बुधबार बसेको प्राविधिक कमिटिको बैठकले तीन नै खेल नखेलेको भारतको शून्य रन मानेर पाकिस्तानलाई अंक दिने निर्णय गरेको हो । आइसिसीले भारतीय क्रिकेट बोर्ड र पाकिस्तान क्रिकेट बोर्डलाई चिठ्ठी लेखेर यसबारे जानकारी दिएको हो । पाकिस्तानले हरेक खेलको २ अंक पाउने छ । भारत र पाकिस्तान बिच गएको अगस्ट १ र अक्टोबर ३१ मा हुने भनेको खेल कुनैपनि भएको छैन । ८ देश सहभागी प्रतियोगिताको उपाधि २१ खेलबाट ३६ अंक जोडेको अस्ट्रेलियाले जितेको छ । १८ खेलबाट १९ अंक जोडेको भारत पाँचौं स्थानमा छ भने १८ खेलबाट ८ अंक जोडेको पाकिस्तान सातौं स्थानमा छ ।

ICC icc women championship indian women cricket team pakistan women cricket team

विशेष