मनोरञ्जन

छोरी आरध्याको करियरबारे यस्तो भने अभिषेकले

छोरी आरध्याको करियरबारे यस्तो भने अभिषेकले
[caption id="attachment_40531" align="alignnone" width="2000"]aishwarya-rai-abhishek-bachchan फाइल तस्बिर[/caption]
मंसिर - ९ । बलिउड अभिनेता अभिषेक बच्चन छोरी आरध्याले भविष्यमा जुनसुकै पेसामा काम गर्न चाहे पनि आफूले सहमत जनाउने बताएका छन् । बिहीवार अभिषेकले आफ्ना फ्यानलाई ट्वीटरमा आफूलाई मन लागेको प्रश्न सोध्न दिएका थिए । प्रश्न गर्ने क्रममा एक फ्यानले छोरी आरध्यालाई पनि भविष्यमा फिल्म उद्योगमै ल्याउने हो की भन्ने प्रश्नमा अविषेकले उक्त जवाफ भिडियो सन्देशमार्फत दिए । भिडियो सन्देशमार्फत अभिषेकले छोरी आरध्यालाई ऊ आफैँलाई मन लागेको क्षेत्रमा करियर बनाउन दिने बताए । आफू सानो हुँदा पनि आफूलाई मन परेको काम गर्न दिइएको हुनाले छोरीलाई पनि उसको इच्छाअनुसार चल्न दिने अभिषेकको भनाइ छ । त्यस्तै उत्तर दिने क्रममा आफूले श्रीमती ऐश्वर्या र छोरी आरध्यालाई बराबर माया गर्ने गरेको पनि बताए । एजेन्सी

Aishwary Rai-Abhishek Bachan

विशेष