खेल

नेपाली फुटबल टोली फिफामा ५ स्थान उक्लियो, दक्षिण एसियाकाे पाँचौ बरियतामा

नेपाली फुटबल टोली फिफामा ५ स्थान उक्लियो, दक्षिण एसियाकाे पाँचौ बरियतामा
मंसिर–९ । विश्व फुटबल महासंघ फिफाले बिहीबार जारी गरेको बरियतामा नेपाल ५ स्थान माथि उक्लिएको छ । फिफाको नयाँ वरियताको क्रममा नेपाल १८६ औँ स्थानबाट १ सय ८१ औँ स्थानमा उक्लिएको हो । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाली फुटबल टोली यो वर्षमा ३ उपाधि जितिसकेको छ । दक्षिण एसियाको बरियतामा नेपाल पाँचौ स्थानमा रहेको छ । फिफाको नयाँ बरियता अनुसार दक्षिण एसियाली राष्ट्रमा भारत सबैभन्दा माथि १३७औं स्थानमा छ । दास्रोमा अफगानिस्तान, तेस्रोमा माल्दिभ्स तथा चौथोमा भुटान रहेको छ । फिफाको विश्व बरियतामा भने अर्जेन्टिना शीर्ष स्थानमा कायमै छ । १ स्थान माथि उक्लदै ब्राजिल दोस्रो स्थानमा आएको छ । १ स्थान तल झरेको जर्मनी तेस्रो स्थानमा रहँदा दुई स्थान माथि उक्लिएको चिली चौथो र एक स्थान तल झरेको बेल्जियम पाँचौ स्थान छ । फिफा बरियतामा अमानिया ३८ स्थान माथि चढ्दै ८७ औँ स्थानमा पुगेको छ । अमानियाले आफ्नो खेलमा उत्कृष्ट सुधार ल्याउँदै विश्व बरियतामा छलाङ हान्न सफल रहेको हो ।

Fifa nepal south asia

विशेष