‘मलाई कारबाही गर्न केन्द्रीय कार्य समितिमा प्रस्ताव गरेको छु’ मदन राईको खुलाशा
नितान्त व्यक्तिगत विचार भन्दै मदन राईले नेपालआजलाई दिएको अन्तरवार्ताले समाजिकवृत्त र नयाँशक्ति नेपालमा तरंग पैदा गरेको छ ।
राईले आफ्नो अन्तरवार्ता नितान्त निजी भएको र पार्टीसँग सम्बन्धित नरहेको पुनः प्रष्टाएका छन् । उनले आफ्ना कारणले पार्टीलाई विवादमा ल्याउन नहुनेमा जोड दिएका छन् । ‘मैले ब्यक्तिगतविचार भनेर बोलेको हुँ । म एक सदस्यको कारणले समृद्ध नेपाल बनाउन अग्रसर नयाँशक्ति पार्टीलाई कुनै हानीहुनु हुँदैन । यो विचारले पार्टीलाई अफ्ठयारो परेको छ भने कारवाहीहोस् भनेर म आफैँले प्रस्ताव गरिसकेको छु ।’
राईले पार्टीभित्रको आलोचनाका बारे नेपालआजको जिज्ञाशामा भने, ‘मेरो अभिव्यक्तिको सार सत्य छ, शब्द र सतही अर्थको पछि नलाग्न आग्रह गर्दछु ।’ राईले संयोजक बाबुराम भट्टराईसमेत उपस्थितभएको बैठकमा कारवाहीका लागि मौखिक प्रस्ताव गरेका हुन् । उनले कारवाहीका लागि प्रस्ताव गरेपनि केही निर्णय नभएको बुझिएको छ । राईले यौन र प्रकृतिका बारेमा दिएको सनसनीपूर्ण भिडियो अन्तरवार्ता नेपाल आजमा प्रकाशित भएपछि यसले तरंग पैदा गरेको छ । उनको अभिव्यक्तिको पक्ष र विपक्षमा टिप्पणीहरु प्राप्त भइरहेका छन् । राईले आफ्नो अभिव्यक्तिको पक्ष र विपक्षमा आउने जस्तासुकै प्रतिक्रियालाई आफुले ग्रहण गर्ने बताएका छन् ।
‘सत्य शुरुमा पच्न गाह्रो हुन्छ । सुकरातलाई मृत्युदण्ड दिइयो, ग्यालिलियोलाई ढुंगाले हानियो, अरुलाई पनि सत्य बोल्दा त्यसै गरिएको इतिहास छ । म पनि सहनतयार छु । तर मेरो अभिव्यक्ति गलत होइन ।’ राईको प्रष्टिकरण छ ।
र योपनि,
► बिद्वानको विवादास्पद अभिव्यक्तिः नेपालमा हरेकले परपुरुष परस्त्रीसँग शारीरिक सम्बन्ध राख्छन्
► मदन राईको अन्तरवार्ताले नयाँ शक्तिमा हंगामा, कल्पना धमलाले दिइन् पागलपनको संज्ञा
► बजारमा आउँदै छ यस्तो किताब जसको नाम तपाईले भन्न पनि सक्नुहुन्न !
madan rai karbahi