सुमन खरेल र दीक्षा चापागाईलाई धन्यवाद दिँदै मोहन रेग्मीले लेखे यस्तो पत्र
मंसिर १० । कञ्चन शर्माका पूर्वपति मोहन रेग्मीले सामाजिक सञ्जालमा एक पत्र लेखेका छन् । जसमा पत्रकार सुमन खरेल र दीक्षा चापागाईलाई धन्यवाद दिएका छन् । उनले यो पत्रसँगै हालको प्रकरण समाप्त हुने अपेक्षा पनि गरेका छन् । हेरौं उनले लखेको पत्रः
गत हप्ता कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘सुमनसँग’ को प्रसारणले मलाइ र मेरो परिवारलाइ ठूलो आघात गर्यो । उक्त कार्यक्रममा प्रसारित मैले नै कञ्चन शर्मा (रमा) लाई फोहरको थुप्रोमा फालेको र त्यहाँबाट दीक्षा चापाँगाईले उद्दार गरेको, मेरा छोराहरू टक्सन गाडीमा हिडेको तर फोहरको थुप्रोमा लुटपुटिएकी आफ्नै आमालाई हात हल्लाएर बाईबाई गर्ने जस्ता कुराले, सबैलाई संवेदनशील बनायो ।
मलाई र मेरा छोराहरूलाई, अझ कानुनले सम्बन्ध विच्छेद भई सकेपछि सामाजिक परम्पराअनुसार विवाहभएको मेरो श्रीमती र साढे चार वर्षको नाबालक छोरालाई सामाजिक सञ्जालमा अपराधी जस्तो गरी व्यवहार गर्ने खोजियो ।
ती सबै कुरा झुटा हुन भन्ने प्रमाणित भए , निज कञ्चन शर्मासँग मेरा वैवाहिक सम्बन्ध विच्छेद भई सकेको कुरा सामाजिक सञ्जालमा प्रमाणका रूपमा पेश गरी स्पष्ट गरी सकेको छु ।
यी सबै तथ्यलाई महशुस गर्दै , त्यस कार्यक्रमका प्रस्तोता वरिष्ठ पत्रकार सुमन खरेलजीले वास्तविकता थाहा नपाई आफुले गलत सूचनाको आधारमा उक्त कार्यक्रम तयार र प्रसारण भएको भनेर हिजै मात्र उक्त कार्यक्रम मार्फत क्षमा याचना गर्नु भएको छ । म उहाँ प्रति हार्दिक धन्यवाद र कृतज्ञता प्रकट गर्दछु ।
मैले सार्वजनिक रूपमै भनि सकेको छु , म हिजो पनि जिम्मेवार थिए र आज पनि जिम्मेवार छु ,पारिवारिक र सामाजिक दायित्वबाट म कहिलै विमुख हुन चाहान्न ।
दिक्षा चाँपागाईजी ले गर्नु भएको सेवाको काम को म प्रसंशा गर्न चाहन्छु,साथै उहाँलाइ मेरो सुझाव के छ भने सामाजिक सेवा विशुद्ध सेवामै केन्द्रित हुन राम्रो होला । सेवाले कसैको परिवारमा खलल पार्ने काम गर्नु हुदैन एक अर्कालाइ जोडने काम हुनु पर्छ, टुटाउने काम गर्नु हुँदैन । साथै सो कार्यमा सामाजिक सञ्जाल र सचार जगतको दुरुपयोग गरिनु हुदैन ।
म कुनै सभ्रान्त परिवारबाट नभइ नेपाली समाजको एक साधारण परिवारको प्रतिनिधितव गर्दै जिवनमा आइ परेका दुखः र पिडाका आरोह अवरोह पार गरेर हालको अवस्थामा आइ पुगेको व्यक्ति हुँ । आजको दिन सम्म ढाटेर, छलेर, ठगेर , झुटो र बनावटी कुरा गरेर जिवन गुजारा गर्नु परेको छैन र गरेको पनि छैन । एक स्वाभिमानी नागरिक भएर बाचेको छु ।
मैले अरुको सम्मान गर्न जानेको छु , सबैले सबैको सम्मान गर्दै मर्यादित व्यवहार गर्नु पर्छ भन्ने मेरो दृढ धारणा छ । यस घटनामा मलाइ साथ दिने, आँट भरोसा दिने सम्पुर्ण जन ,साथीभाइ हाम्रो परिवेशलाइ नजिकैबाट चिन्ने र यथार्थ परक रुपमा विशलेषण गरी सहयोग गर्ने , घटनालाइ वास्तविकतासहित प्रस्तुत गर्ने पत्रकार लगायत सञ्चार जगतका साथीहरु, मलाइ व्यक्तिगत घरायसी, सामाजिक र व्यवसायिक रुपमा चिन्ने मेरा अग्रज, गुरुवर्ग ,सहपाठी ,मित्र र सहयोगी लगायत प्रति हार्दिक सम्मान कृतज्ञता र धन्यवाद दिन चहान्छु । सबैमा मेरो हार्दिक अनुरोध छ ।
यस विषयलाइ उठाएर कसैको सम्मान र मर्यादामा चोट पर्ने काम नगरियोस भन्ने मेरो विनम्र आग्रह छ । –मोहन रेग्मी