खेल

रुनीको निर्णायक गोलले म्यानचेस्टर युनाइटेड नकआउट चरण नजिक

रुनीको निर्णायक गोलले म्यानचेस्टर युनाइटेड नकआउट चरण नजिक
मंसिर–१० । युरोपा लिग फुटबलको समूह ‘ए’मा रहेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड नकआउट चरणनजिक पुग्न सफल भएको छ । समूह चरणको पाँचौ खेलमा नेदरल्याण्ड्सको फेयनुर्डलाई ४–० ले हराएको हो । युनाइटेडको लागि ३५ औँ मिनेटमा वायन रुनीले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए । त्यस्तै ६९ औँ मिनेटमा जुआन माटाले गोल गरे भने ७५ औँ मिनेटमा फेयनुर्डका गोलरक्षक जोन्सले आत्मघाती गोल गरेपछि युनाइटेड ३–० ले अघि रहेको थियो । इन्जुरी समयमा जेसी लिङगार्डले थप गोल गरेपछि खेल ४–० मा टुङ्गियो । यसका साथै युनाइटेडका वायन रुनी क्लबबाट युरोपियन प्रतियोगिता सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले फेयनुर्डसँगको खेलपछि युरोपियन प्रतियोगिताको लागि ३९ गोल पूरा गरे । उनले यो कीर्तिमान म्यानचेस्टर युनाइटेडमा रहेर पूरा गरेका छन् । जितपछि युनाइटेड पाँच खेलबाट ९ अंकसहित सहित समूहको दास्रो स्थानमा छ । १० अंक जोडेको फेनरवाची शीर्ष स्थानमा छ । युनाइटेडले समूहको अन्तिम खेल डिसेम्बर ८ मा युक्रेनको जोर्यासँग उसकै मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

europa league feyenoord Manchester United Wayne Rooney

विशेष