देश

गौरबाट सिके राउतका ३० कार्यकर्ता प्रहरीको नियन्त्रणमा

गौरबाट सिके राउतका ३० कार्यकर्ता प्रहरीको नियन्त्रणमा
मंसिर – १० । सिके राउतका ३० कार्यकर्तालाई प्रहरीले शुक्रबार गौरबाट पक्राउ गरेको छ । तराईलाई अलग देशको माग गर्दै सीमावर्ती क्षेत्रबाट गौरतर्फ प्रवेश गरी प्रदर्शन गर्न क्रमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा राउत नेतृत्वको तराई केन्द्रीत गठबन्धन ‘स्वतन्त्र मधेस गठबन्धन’का रौतहट जिल्ला अध्यक्ष अशोक सिंहसमेत रहेको बताइएको छ । कार्यकर्तालाई गौरको तीन ठाउँ फरन गुड्स चोक, बैंक चोक, हस्पिटल चेकबाट पटक पटक गरि पक्राउ गरेको हो । दशगजा क्षेत्रबाट छिरेर सदरमुकाममा प्रदर्शन गर्न खोजेपछि सुरक्षाकर्मीले ती कार्यकर्तालाई पक्राउ गरेको प्रहरीका भनाई छ । रंगभेद दिवसको अवसरमा झापादेखि कञ्चनपुरसम्म कार्यक्रम रहेको गठबन्धनले बाँडेको पर्चामा उल्लेख छ ।

CK Raut gaur

विशेष