खेल

जेरार्डको १९ वर्षे फुटबल जीवनबाट सन्यास

जेरार्डको १९ वर्षे फुटबल जीवनबाट सन्यास
मंसिर–१० । इंग्ल्याण्डका तथा इंग्लिस क्लब लिभरपुलका पूर्व कप्तान स्टेफेन जेरार्डले फुटबलबाट सन्यास लिएका छन् । ३६ वर्षे जेरार्डले १९ वर्षे आफ्नो खेल जीवनबाट सन्यास लिएका हुन् । उनले लिभरपुलका लागि ७१० खेल खेलेर १८६ गोल गरेका छन् । यसका साथै उनले ८ उपाधि पनि जितेका छन् । उनी एफए कप, लिग कप, च्याम्पियन्स लिग र यूइएएफए कपको फाइनलमा गोल गर्ने एक्ला फुटबलर हुन् । लिभरपुल छाडेपछि उनी सन् २०१५ मा एमएलएस साइड एलए ग्यालेक्सीमा आबद्ध भएका थिए । जेरार्डले इंग्ल्याण्डको लागि  भने ११४ क्याप जितेका छन् र इंग्ल्याण्डका लागि धेरै खेल खेल्नेहरुको सूचीमा उनी चौथो नम्बरमा पर्छन् । सन्यासको घोषणा गर्दै जेरार्डले प्रशिक्षक बन्ने अवसर पनि छिट्टै आउने बताएका छन् ।

liverpool steven gerrard

विशेष