खेल

नेयमारविरुद्ध अदालतको निर्णयमाथि उनका बुबाकाे यस्तो प्रतिक्रिया

नेयमारविरुद्ध अदालतको निर्णयमाथि उनका बुबाकाे यस्तो प्रतिक्रिया
मंसिर–१० । ब्राजिल तथा बार्सिलोना क्लबका स्टार स्ट्राइकर नेयमारविरुद्ध स्पेनिस अदालतको निर्णयमाथि पहिलो पल्ट उनका बुबाले प्रतिक्रिया दिएका छन् । नेइमारका बुबाले सञ्चालन गरेको एनएल कन्सल्टेन कम्पनीको तर्फबाट सार्वजनिक गरिएको विज्ञप्तीमा भनिएको छ, ‘सन् २०१३ मा सान्तोषबाट क्लब स्थानान्तरण गर्दै बार्सिलोनामा अनुबन्धित हुँदा हाम्रो तर्फबाट कुनै वित्तिय अपराध भएको छैन । नेइमार निर्दोष छन् ।’ दुई दिनअघि मात्र वित्तिय अपराधको मामिलामा नेइमारलाई दुई वर्षको जेल सजाय र १ करोड युरोको दण्ड सजाय सुनाएको थियो । सम्पूर्ण आर्थिक कारोबार उनका बुबाले हेर्ने गर्छन् । अदालतले नेइमारका बुबा–आमा र बार्सिलोना क्लबका पूर्व अध्यक्षलाई पनि यो मुद्धामा अभियुक्त ठहर गरेको थियो । –एजेन्सी

neymar spanish court

विशेष