मनोरञ्जन

रोबोट २ मा अक्षय कुमारको करियरकै सबैभन्दा डेन्जर लुक्स

रोबोट २ मा अक्षय कुमारको करियरकै सबैभन्दा डेन्जर लुक्स
rajani-kanta-akshya-kumar
मंसिर – १० । रोबोट २ मा अक्षय कुमारले गरेको अभिनयको लुक्स सार्वजनिक भएको छ । रजनिकान्तले अक्षयको सो लुक्स सार्वजानिक गरेका हुन । भिलेनको भूमिका निभाएका अक्षयको यो रूप बनाउन ३ घन्टाभन्दा बढी समय लागेको बताइन्छ । हालै फिल्मको सम्पूर्ण छायांकन सकिएको रोबोट २ केही समयमै हलहरूमा हेर्न पाइने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । रोबोट २ फिल्मबाट अक्षयकुमार पहिलोपटक भिलेनको भूमिकामा पर्दामा देखिन लागेको हुन । अक्षयका अनुसार उनले आफ्नो फिल्म करियरको पछिल्लो २५ वर्षमा नगरेको मेकअप उनले यो फिल्ममा गरेका छन् । मेकअपको समय धेरै लाग्न भएकाले उनले धैर्यसाथ कुर्सीमा बसेर मेकअप गर्नुपर्ने हुन्थ्यो ।

विशेष