खेल

सन्दीपलाई अस्ट्रेलियन क्रिकेटर शेन वार्नले भेट्ने

सन्दीपलाई अस्ट्रेलियन क्रिकेटर शेन वार्नले भेट्ने
मंसिर – १० । नेपाली ‘शेन वार्न’ सन्दीप लामिछाने एकपछि अर्को विश्वप्रसिद्ध क्रिकेटरको नजरमा पर्दै गएका छन् । बिहीबार बिहान अस्ट्रेलियन क्रिकटर शेन वार्न आफैँले फोन सम्पर्क गर्दै कुराकानी गरेका छन् । टेस्ट क्रिकेटमा ७०८ विकेट आफ्नो नाम गर्दै विश्वकै दोश्रो सवार्धिक टेस्ट विकेट लिने अस्ट्रेलियन लेग स्पिन जादुगरले सन्दीपसंग ३–४ मिनेट कुराकानी गरेका छन् । शेनवार्नले टेलिफोनमा सन्दीपको केही ब्यक्तिगत कुराहरु सोधेर उनीसंग भेट्ने चाहना रहेको बताएका छन । बंगलादेशमा यसै बर्ष सम्पन्न यु १९ बिश्वकपमा उत्कृस्ट लेगस्पिन बलिंग गरेपछि सन्दीपले नेपाली शेन वार्नको उपनाम पाएका थिए । सन्दीपले प्रतियोगिताको आयरल्याण्डसंगको खेलमा ह्याट्रिक संगै ५ विकेटको प्रदर्शन गरेका थिए । उक्त प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा सन्दीप कुल १४ विकेट लिंदै दोश्रो स्थानमा रहेपछि सन्दीपको चर्चा बिश्वभर भएको थियो । माइकल क्लार्कको फेसबुक पेजमा सोमबार प्रत्यक्ष फ्यानहरु संग अन्तक्रिया गर्ने क्रममा क्लार्कले शेन वार्न र सन्दीपको कुरा गराउने बताएका थिए । दक्षिण अफ्रीका अस्ट्रेलिया टेस्ट सिरिजमा कमेन्टेटरको भूमिकामा रहेकोले ब्यस्त समय तालिकाको कारण भेट गर्न नपाए पनि फोनमा कुरा गर्दै वार्नले सन्दीपको हौसला बढाएका हुन् । वेस्टर्न सबर्बस्वको लागि न्यु साउथ वेल्स प्रिमियर क्रिकेट खेल्न माइकल क्लार्कको निम्तोमा सेप्टेम्बरमा अस्ट्रेलिया पुगेका सन्दीप डिसेम्बर ८ देखि श्रीलंकामा हुने यु १९ एसिया कप प्रतियोगिताको तयारीको लागि यही २९ तारिकमा नेपाल फर्कने छन् ।

Sandeep lamichhane Sen Warne

विशेष