खेल

चौथो महिला साफ च्याम्पियनसिपको लागि ३० खेलाडीको छनौट

चौथो महिला साफ च्याम्पियनसिपको लागि ३० खेलाडीको छनौट
मंसिल–१० । अखिल नेपाल फुटबल संघ एन्फाले महिला साफ च्याम्पियनसिपको लागि ३० जना खेलाडी छनौट गरेको छ । आउँदो पुस ११ गतेदेखि हुने चौथो महिला साफ च्याम्पियनसिपको लागि प्रारम्भिक चरणमा एन्फाले ३० जना खेलाडीको घोषणा गरेको हो । एञ्जिला तुम्बापो सुब्बा, नमिताकुमारी डली, रुपा राना मगर, अञ्जना राना मगर, घिमकुमारी गुरुङ, अमृता जैशी, अञ्जली वाइवा, मन माया लिम्बु, हिराकुमारी भुजेल, पूनम जर्घा मगर ३० सदस्यी टोलीमा परेका हुन् । यसैगरी गिता राना, बिमला बिक, नन्दकुमारी थापा, कविता धिमाल, सपना लामा, दिपा राई, लक्ष्मी पौडेल, अनिता बस्नेत, दीपा अधिकारी, रेनुका नगरकोटी, अनिता केसी, इन्दिरा राई, मञ्जली योञ्जन, सबिता भण्डारी पनि प्रारम्भीक टोलीमा परेका छन् । साबित्रा भण्डारी, कृष्णा खत्री, शर्मिला थापा, निरु थापा, निर्मल बिक, मञ्जु गुरुङ र सरु लिम्बु पनि टोलीमा पर्न सफल भएका छन् । च्याम्पियनसिपमा नेपालसँगै समूह ‘ए’ मा श्रीलंका, माल्दिभ्स र भुटान परेका छन् । पुस ११ गतेदेखि हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल भुटानसँग भारतको सिलगुढीको कन्चनजङ्घामा खेल्नेछ ।

Anfa women saff championship

विशेष