मनोरञ्जन

पोर्न स्टार सन्नी भन्छिन ‘पोर्न स्टारको बिल्ला जीन्दगीभर मेटिदैन ’

पोर्न स्टार सन्नी भन्छिन ‘पोर्न स्टारको बिल्ला जीन्दगीभर मेटिदैन ’
sunny-leone सन्नी लियोनले एकताका आफू पोर्नस्टार भए पनि अब नरहेको बताएकी छन् । पोर्नस्टार भनेर लागेको बिल्ला जिन्दगीभर रहिरहनेमा भने उनी सहमत छिन् । एउटा सामान्य युवतीबाट पोर्नस्टार बनेकी सन्नीले आफ्नै रहरले यस क्षेत्रमा लागेको थिइन । आफू पोर्न क्षेत्रमा लाग्न चाहेको कुरा बाआमालाई बताएपछि उनीहरू निकै निराश भएको उनले खुलासा गरिन् । सनी बाआमाको अनुमतिबिना नै यो व्यवसायमा लागेकी थिईन । पेन्टहाउस (एडल्ट इन्डस्ट्रीको फेमस म्याग्जिन) को कभर फोटो अफ दी इयरका लागि ६८ लाख रुपैयाँ कमाएको सुनाउँदा पनि बाआमा रिसाएको उनले बताएकी छन् । ’जब मैले बाआमालाई आफ्नो जिन्दगीमा के गर्ने भनेर फैसला लिइसकेकी छु भनेँ, अनिमात्रै उनीहरू कन्भिन्स भए’, सन्नीले भनेकी छन् । एउटा पञ्जावी सिख बच्चीका रूपमा सन् १९८१ मा क्यानडामा जन्मिएकी उनी एघार वर्षको हुँदा परिवारसँग अमेरिका गएकी थिइन् । उनका बुवा पेसाले इन्जिनियर थिए भने आमा गृहिणी । परिवारमा उनका एक भाइ छन् । उनले अन्तर्वार्तामा १९ वर्षको उमेरमा पोर्न क्षेत्रमा लागेको बताएकी छन् । पोर्न जीवनमा उनले एक सय ४१ वटा एडल्ट फिल्ममा काम गरेको र २५ वटा फिल्म निर्देशन गरेको बताएकी छन् ।

Sunny Leone

विशेष