च्याम्पियन्स लिगमा को अगाडि : मेस्सी वा रोनाल्डो ?

मंसिर–१० । बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेस्सी र रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबीच च्याम्पियन्स लिगमा प्रतिस्पर्धा भइरहेको छ ।
यी दुई बीच च्याम्पियन्स लिगमा १०० गोल पूरा गर्न प्रतिस्पर्धा चलेको हो । च्याम्पियन्स लिगमा सर्वा्धिक गोल गर्ने सूचीमा रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको नाम अगाडि छ । रोनाल्डोले १ सय ३६ खेलमा ९६ गोल गरेका छन् ।
मेस्सीले सेल्टिकविरूद्धको खेलमा दुई गोल गरेपछि रोनाल्डोसँगको दुरी छोट्याएका छन् । मेस्सीको लिगमा गोल संख्या ९२ पुगेको छ ।
सेल्टिकका दुई गोल गरेपछि मेस्सीको अन्तराष्ट्रिय क्लब फुटबलमा बार्सिलोनाबाट सयौं गोल पुरा भएको अल मुन्डो डेपोर्टिभो पत्रिकाले जनाएको छ ।
Champions League
Messi
Ronaldo