मनोरञ्जन

‘पुरानो डुङ्गा’को ग्रान्ड ओपनिङमा हाउसफुल

‘पुरानो डुङ्गा’को ग्रान्ड ओपनिङमा हाउसफुल
मंसिर–१० । नेपाली कथानक चलचित्र ‘पुरानो डुङ्गा’ ले काठमाडौँका अधिकांश मल्टिप्लेक्सको पहिलो र दोस्रो शोमा हाउसफुल विजेनेश गर्दै ग्रान्ड ओपनिङ गरेको छ । “काठमाडौंमा विहानको शोमा गोपीका गोपी, कृष्ण, ऊँम, नम र सिवाय गरि ५ वटा हल हाउस फुल भएको छ,” चलचित्र वितरक गोविन्द शाहीले भने, “अरु चलचित्रभन्दा ‘पुरानो डुङ्गा’ ले धेरै राम्रो विजनेश गरेको छ ।” ‘पुरानो डुङ्गा’ ले प्राय हलहरुमा दर्शकको साथ पाएको छ । काठमाडौंमा २५ वटा हल पाएको ‘पुरानो डुङ्गा’ ले काठमाडौं बाहिर ५९ वटा हल पाएको छ । ‘पुरानो डुङ्गा’ मा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधान मुख्य भूमिकामा छन् ।

Purano Dunga

विशेष