समाज

नयाँ शक्ति विद्यार्थी युनियनले राष्ट्रिय सम्मेलन गर्ने

नयाँ शक्ति विद्यार्थी युनियनले राष्ट्रिय सम्मेलन गर्ने
मंसिर–१० । नयाँ शक्ति नेपाल पार्टीका भातृ संस्था नयाँ शक्ति विद्यार्थी युनियनले सङ्गठनको राष्ट्रिय सम्मेलन गर्ने भएको छ । युनियनको केन्द्रीय समितिको बैठकले आगामी चैत २४, २५ र २६ गते बुटवलमा सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता रुपनारायण श्रेष्ठले जानकारी दिए । केन्द्रीय कमिटी बैठकले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भाग लिने र त्यसको तयारीका लागि मुलुकभर अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको उनले राससलाई जानकारी दिए । प्रवक्ता श्रेष्ठले राजनीतिक भागबन्डाविरुद्ध सङ्घर्ष गर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा देशैभरिबाट दबाब दिने गरी कार्यक्रम ल्याउने बताए । रासस

naya shakti bidyarthi union rastriya sammelan

विशेष