चितवनमा अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको जनचेतना र्याली

मंसिर १० । अाज अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको अभियान "घर शान्ती नै विश्व शान्तिको आधार दिगो विकास र लैंगिक हिंसा मुक्त समाज" भन्ने मुल नाराकासाथ देशभर विभिन्न कार्यक्रम गरिएका छन् ।
त्यस्तै चितवनमा कृयाशिल राजनैतिक पार्टी, महिला तथा बालबालिका कार्यालय गैरसरकारी संस्थालगायतले संयुक्तरूपमा ऐक्यबद्धतासहित अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको अभियानको उद्घाटन कार्यक्रम सप्पन्न भएको छ ।
जिल्ला महिला समन्वय समिति चितवनकी अध्यक्षको सभापतित्व रहेको उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय चितवन प्रमुख विनोद प्रकाश सिंहले ब्यानर पढेर उद्घाटन गरे। महिला सञ्जाल चितवनकी अध्यक्ष संगिता भट्टराईले सञ्चालन गरेकी थिइन् ।
यस सोह्रदिने अभियानमा सबै संघसंस्थाले आ-आफ्नो तवरले कार्यक्रम संचालन गरिने जानकारी सार्वजनिक गरियो र अन्तिम दिन मंसिर २५ गत्ते सबै आयोजक संस्थाहरु एकै सभामा भेला भइ समिक्षात्मक कार्यक्रमसहित समापन गरिने बताइएकाे छ ।
- महेश्वरी खड्का / चितवन
Chitawan
Jan chetana Rayali



