समाज

छोरी देवयानीलाई तनाव छ भन्दै भावुक भए पशुपति शमशेर

छोरी देवयानीलाई तनाव छ भन्दै भावुक भए पशुपति शमशेर
pashupati-samsher-devyani-rana-nepalaaja-01
दरवार हत्याकाण्डपछि एकाएक चर्चामा आएकी देवयानी राणा पछिल्लो समय गुमनामजस्तै छिन् । युवराज दीपेन्द्रकी प्रेमिका भनिएकी देवयानी राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाकी कान्छी छोरी हुन् । कुनैबेला नेपालकी भावी बडामहारानीका रुपमा आंकलन गरिएकी देवयानी नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरकी पनातिनी पनि हुन् । यसर्थ उनीप्रति धेरैको चासो छ । तर, उनको अवस्था के छ ? कमैलाई थाहा छ । छोरीका बारेमा मुख खोल्न नरुचाउने अध्यक्ष राणाले देवयानी तनावमा रहेको जनाएका छन् । हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम यक्ष प्रश्नमा पत्रकार नारायण पौडेलसँग कुरा गर्दै राणाले देवयानीले जीबनमा धेरै भोगिसकेको बताए । देवयानीको वैवाहिक सम्बन्धमा तनाव रहेको बताउँदा भावुक भएका राणाले भने, ‘उसले धेरै भोगिसकेकी छ । व्यक्तिगत मामिला हो । म उसलाई चर्चामा ल्याउन चाहन्न ।’ दरबार हत्याकाण्डपछि देवयानी र दीपेन्द्रको प्रेम सम्बन्धका बारेमा व्यापक चर्चा भएको थियो । संचारमाध्यमबाट टाढै रहने देवयानी दरबार हत्याकाण्डपछि मावली भारत भासिएकी थिइन् । त्यसको ६ बर्षपछि उनको विहे भारतीय राजपुत कुवँर एश्वर्य सिंहसँग भएको थियो ।
राप्रपा तराईमा २ प्रदेशको पक्षमा राष्ट्रिय अध्यक्ष राणाले तराईमा दुई प्रदेश हुनुपर्ने जनाए । उनले एमालेले दोहोरो चरित्र देखाएको आरोप पनि लगाए । ‘२ नम्बर प्रदेशमा तराईका जिल्लामात्र राख्न हुने, पश्चिममा नहुने ?’ उनले एमालेको तर्क अमिल्दो रहेको जनाउँदै भने, ‘पाल्पा र अर्घाखाँचीलाई तराईसँग जोड्न पर्ने, सुर्खेतलाई किन जोड्न नपर्ने ? तराईमात्र राखेर प्रदेश बनाउँदा टुक्रिने हो भने २ नम्बर प्रदेश के हुन्छ ? एमालेको तर्क अमिल्दो छ । हामी २ प्रदेशको पक्षमा छौँ ।’ राणाले राप्रपा र राप्रपा नेपाल एकीकृत भइ बनेको राप्रपा संविधान संशोधनको पक्षमा रहेको जनाए । अंगीकृतलाई थप केही पदमा निषेध गर्नुपर्नेमा राणाको जोड थियो । ‘अहिले राष्ट्रपति, प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखको हकमा मात्र निषेध भनिएको छ । हामी प्रधानन्यायाधीश, सभामुखलगायतका पद पनि निषेध गर्नुपर्ने अडानमा छौँ ।’ उनले भने । पार्टीले महाधिवेशनबाट गणतन्त्रको नीति लिने राणाको विश्वास छ । राजतन्त्र फर्कन सम्भव नरहेको बताउँदै राणाले जनमतको सम्मान गर्दै परिवर्तनको पक्षमा लाग्नुपर्नेमा जोड दिए । ३७ सिट रहेको राप्रपा थप मन्त्रालयसहित सरकारमा निरन्तर रहने उनले स्पष्ट गरे ।

divyani rana Pashupati Samser Rana

विशेष