समाज

दृष्टिविहीनको सगरमाथा धोको

दृष्टिविहीनको सगरमाथा धोको
मंसिर–११ । आगामी मे(वैशाख–जेठतिर)मा दृष्टिविहीन अमिट केसीले शिखर सगरमाथामा पाइला टेक्ने योजना बनाएका छन् । सगरमाथा चढ्ने अभियानमा चार वर्षदेखि लागिपरेका बागलुङ, सर्कुवा–२ का केसीलाई अहिले पैसाको चिन्ता छ । उनलाई एउटै डर छ, सगरमाथा चढ्ने सपनाको तगारो पैसा बन्ने त होइन ? यसअघि उनले गत वर्ष चैत ८ गते सोलुखुम्बुस्थित ६ हजार ६ सय ५४ मिटरको ‘मेरापिक’ र यसै वर्ष वैशाख ८ गते ६ हजार १ सय ८६ मिको ‘आइसल्यान्ड पिक’सफल आरोहण गरिसकेका छन् । तयारीका क्रममा हालसम्म रु १० लाख खर्च भइसकेको केसीले बताए । “अब मात्र अर्थ कसरी जुटाउने भन्ने समस्या छ, पर्यटन मन्त्रालयले पनि स्वीकृति दिइसकेको छ” केसीले भने । रासस

amit kc Sagarmatha

विशेष