खेल

महिला एसिया कपः नेपालको खराब सुरुवात पाकिस्तानसँग ९ विकेटले पराजित

महिला एसिया कपः नेपालको खराब सुरुवात पाकिस्तानसँग ९ विकेटले पराजित
मंसिर – ११ । बैककमा जारी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले खराब सुरुवात गर्दै पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ थालेको नेपालले १८.१ ओभर खेलेर ४८ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको ४८ रनको सामान्य लक्ष्य पाकिस्तानले १० ओभरमा मात्र १ विकेट गुमाएर पूरा गरेको छ । पाकिस्तानको सहज जितमा ओपनर आयेसा जफरले २६ रन बनाइन् । अर्का ओपनर जाभेरिया वाडुड १६ रनमा नटआउट रहिन् । नेपालका लागि रुविना क्षेत्रीले ११ रन, ज्योति पाण्डे र इन्दु बर्माले ८–८ रन, करुणा भण्डारीले ६ रन, निरा राजोपाध्यले २ रनको साझेदारी गरे । त्यसै गरी, काजल श्रेष्ठ र सरिता मगर १–१ रन बनाउँदै प्याविलिन फर्किए भने तीन ब्याट्सवुमनले खाता नै खोल्न सकेनन् ।

asia cup Woman Cricket

विशेष