खेल

ककनीमा अन्तर्राष्ट्रिय म्याराथन

ककनीमा अन्तर्राष्ट्रिय म्याराथन
मंसिर - ११ । विश्वमा भातृत्व जगाउने उद्देश्यले नुवाकोटको ककनीमा शनिबार अन्तर्राष्ट्रिय म्याराथन सम्पन्न भएको छ । म्याराथनको अन्तर्राष्ट्रिय संस्था ‘इम्प्याक्ट म्याराथन सिरिज’को आयोजनामा भएको उक्त कार्यक्रममा नेपालसहित बेलायत, फ्रान्स, बोलिभिया, मरिससलगायत देशका ४०९ धावकको सहभागिता थियो । जसमध्ये दुईसय ३४ जना नेपालका तथा बाँकी अन्य मुलुकका थिए । ग्लोबल एक्सन नेपालसँगको सहकार्यमा भएको कार्यक्रममा ४२ किमी, २१ किमी र १० किमीगरी तीन विधामा धावक दौडिएका थिए । सोमध्ये ४२ किमीको दूरी ककनीदेखि काठमाडौँको शिवपुरीसम्मको थियो । अन्य दूरीको दौड सोही क्षेत्रका गाउँ आसपासमा पूरा भएको थियो । म्याराथन दौड प्रतिस्पर्धात्मक नभएर सरकारले ल्याएको दिगो विकास लक्ष्यबारे चेतना जगाउने उद्देश्यले भएको विके श्रेष्ठले बताए । रासस

Running

विशेष