
मंसिर – ११ । योग गुरु बाबा रामदेव र आयुर्वेदाचार्य बालकृष्ण शनिबार नवलपरासीको गौंडाकोटस्थित मौलाका कालिकाको दर्शन गर्न पुगेका छन् । उनीहरु विरगञ्जमा आयुर्वेदिक फ्याक्ट्रिको उद्घान गर्न आएका थिए ।

बाबा रामदेव र बाकृष्णले गैंडाकोटको मौला कालिका मन्दिरमा करिव एकघण्टा पूजापाठ गरेका छन् । आजै एक कार्यक्रमका बीच बाबा रामदेवले चितवनको नारायणगढस्थित कमलनगरमा नवनिर्मित योगशाला भवनको उद्घाटन गरेका छन् ।

याेगशाला भवन निर्माणका लागि २०६४ सालमा पूर्व सांसद एवम् समाजसेवी मैयादेवी श्रेष्ठले उपलब्ध गराएको १३ धुर जग्गामा याेगशाला भवन निर्माण गरिएको छ । सो भवन ५५ लाखको लागतमा निर्माण गरिएकाे पतञ्जली योग समिति चितवनका अध्यक्ष राम प्रसाद वोस्तिले जानकारी दिए ।

भवन निर्माणका क्रममा शान्ति मन्त्रालयबाट ३ लाख ५० हजार, पतञ्जली योग समिति मण्डिखाटारबाट ६ लाख सहयोग भएको थियो । त्यस्तै पतञ्जली नेपालका केन्द्रिय निवर्तमान अध्यक्ष शम्भु दाहालबाट ५ लाख र अन्य खर्च स्थानीय जनसहभागिताबाट जुटाइएको वोस्तिले जानकारी दिए ।

पूर्व डिआइजी एवम् पतञ्जली योग समितिका संयोजक ज्ञानेन्द्र विक्रम महतको संयोजकत्वमा सम्पन्न सो सभामा मैयादेवी श्रेष्ठलगायत विभिन्न क्षेत्रबाट योगदान पुर्याएका ब्यक्तिलाई सम्मान गरिएको थियो । साथै चितवनका १२ जना योग प्रशिक्षक पतञ्जलीका अजिवन सदस्य बनेका छन् ।
आजिवन सदस्य
राम प्रसाद वोस्ती , बिष्णु प्रसाद दवाडी , हरि बहादुर के।सि।, प्रेम कुमार श्रेष्ठ , शिद्ध कुमार श्रेष्ठ , भवन निर्माण समिती संयोजक टंकनाथ पौडेल , राजु कुमाल , महेश कुमार कोदार बिष्णु प्रसाद सापकोटा , क्याप्टेन रेशमलाल पौडेल , ईन्दुदेवी ढकाल , रामकृष्ण श्रेष्ठ रहेका छन् ।
- महेश्वरी खड्का थापा/चितवन
Baba Ram Dev
Balkrishna
Chitawan