खेल

‘सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता रोकिँदैन’

‘सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता रोकिँदैन’
मंसिर - ११ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले साताैँ राष्ट्रिय खेलकुद प्रतियोगिता कुनै पनि हालतमा नरोकिने बताएका छन्। शनिबार विराटनगरमा सरकारी कार्यालयका प्रमुख तथा सञ्चारकर्मीबीच गरिएको अन्तरक्रिया कार्यक्रममा सदस्य सचिव विष्टले आगामी पुस ८ गतेदेखि १५ गतेसम्म साताैँ राष्ट्रिय खेलकुद प्रतियोगिता गरिने बताए । विराटनगरको सहिद मैदानमा उद्घाटन तथा धरानको खेल मैदानमा समापन गर्ने गरी कार्यतालिका परिषदले बनाइसकेको उनले जानकारी दिएका छन् । “प्रतियोगिता प्रचार प्रसारको कामले तीव्रता पाएको छ,” उनले भने । तीस वटा खेलमध्ये सुनसरीमा १२, मोरङमा नौ, झापामा पाँच तथा सिरहा, सप्तरी, काठमाडाँै, पोखरा, र धनकुटामा एक÷एक खेल खेलाइने सदस्य सचिव विष्टले बताए।

विशेष