फुड

उपभोक्ता सजग हुँदामात्रै गुणस्तरीय खाद्यान्न

उपभोक्ता सजग हुँदामात्रै गुणस्तरीय खाद्यान्न

उपभोक्ताको अधिकारमा कार्यरत सरकारी र गैरसरकारी निकायका प्रतिनिधिले उपभोक्ता सजग हुँदामात्र गुणस्तरीय वस्तु खरिद र बिक्री हुने बताएका छन् । आपूर्ति मन्त्रालयले शनिबार आयोजना गरेको कार्यक्रममा सहभागीले अनुगमनमा मात्रै नभई उपभोक्तालाई सजग गराउन ध्यान दिनुपर्ने बताएका हुन् ।

मन्त्रालयका सचिव प्रेमकुमार राईले उपभोक्ताका अधिकार र बनेका कानुनी व्यवस्थाका विषयमा उपभोक्तालाई जानकारी नै नभएको बताए । उनले भने – “साधारण जनतालाई मात्रै होइन बुद्धिजीवीलाई समेत यससम्बन्धी ज्ञान छैन ।” अनुगमनका क्रममा गल्ती पाइएमा स्थलमै कारबाही गर्ने विषयमा छलफल थाल्नुपर्ने उनले बताए। ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले अनुगमन गर्ने अधिकारीलाई नै धेरै जानकारी नभएको बताए । उनले भने – “अहिलेसम्म हामी मिति र लेबलमा मात्रै सीमित छौँ अरु कुरामा पनि ध्यान दिनुपर्छ ।” सबै जिल्लामा बजार संरक्षण अधिकृतको व्यवस्था गर्नुपर्ने उन बताए ।

आपूर्ति मन्त्रालयमा कार्यरत सहसचिव सूर्यप्रसाद श्रेष्ठले सबै सरोकारवाला निकाय लाग्दामात्रै बजारमा खाद्यान्न गुणस्तरीय हुन सक्ने बताए । कन्जुमर राइट संस्थाकी अध्यक्ष विमला खनालले अहिले २० जिल्लामा मात्रै बजार संरक्षण अधिकृत भएकामा सबै जिल्लामा व्यवस्था गर्नुपर्ने बताए । शुक्रबार सुरु भएको गोष्ठी आज सकिएको छ । 

dirty food Food

विशेष