समाज

नवलपरासीमा जीप दुर्घटना ७ को मृत्यु १८ घाइते

नवलपरासीमा जीप दुर्घटना ७ को मृत्यु १८ घाइते

 मंसिर १२ – नवलपरासीको पहाडी बुलिङटारको वडा नम्बर ८ बतासामा  जीप दुर्घटना  हुँदा  सात जनाको ज्यान गएको छ । १८ जना घाइते भएका छन्  ।

प्रहरी चौकी बुलिङटारका अनुसारका  दलदलेबाट डाँडाझेरीको छरछरेका लागि छुटेको ग  १ ज  ३६३२ नम्बरको  जीप दुर्घटना भएको हो ।

दुर्घटनामा डाँडाँझेरी छरछरेका २८ वर्षकी समन्ती बाचे,  ५२ वर्षका खिमबहादुर बाचे, ४२ वर्षका लोकबहादुर बाचे, २२ वर्षका दीपक फाल, ४० वर्षका जयबहादुर बाचे, ४९ वर्षका किशन बाचे र ६० वर्षका रेशबहादुर बाचेको ज्यान गएको प्रहरीले जनाएको छ ।

बुलिङटार चौकीमा गाउँको झगडाको विषयमा छलफल गरी फर्किएकाहरु शनिबार राति दुर्घटनामा परेका  हुन्  । जीप सडकबाट तल खसेर दुर्घटना भएको हो ।

पहाडी क्षेत्र भएकाले दुर्घटना लगतै  घाइतेहरुको उद्धार गर्न कठिनाई  भएको  थियो । घाइतेलाई आइतबार बिहान मात्रै चितवनको भरतपुर मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा लगिएको  छ  ।

ज्यान गुकाएकाको शव पोष्टमार्टका लागि प्राथमिक स्वास्थ्य  केन्द्र  दुम्कौलीमा राखिएको  छ । एउटै गाउँका मान्छेहरु दुर्घटना परी  ज्यान गुमाएपछि छरछरे गाउँ शोकमा डुबेको  छ  । जीप चालक समेत गम्भीर घाइते भएका छन्  । दुर्घटना स्थल  पूर्वपश्चिम राजमार्गबाट ५० किलोमिटर उत्तरमा पर्छ  ।

 

Jeep Accident

विशेष