स्वास्थ्य

खुल्यो पहिलो कान अस्पताल

खुल्यो पहिलो कान अस्पताल

kan मंसिर १२ । पांच करोड रुपैयाँ लागतमा नेपालगन्जमा नेपालकै पहिलो छुट्टै कान अस्पताल सञ्चालनमा आएको छ । नेपालगन्जको फुल्टेक्रामा ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रको नाममा अस्पताल सञ्चालनमा आएको हो ।

१६ वर्षदेखि फत्तेबाल आँखा अस्पताल नेपालगन्जको समन्वयमा सञ्चालन भइरहेको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा अहिले व्यवस्थित अस्पतालको रूपमा सञ्चालनमा आएको छ । ब्रिटेन–नेपाल अटोलोजी सर्भिसका संस्थापक निर्देशक डा. निल वयरले नेपालमा यसरी छुट्टै कान अस्पताल बनाउने आफ्नो सपना सकार भएको बताए ।

अस्पतालका कार्यकारी प्रमुख पूरन थारुले छुट्टै कान अस्पताल सञ्चालन गरिएको यो नेपालकै पहिलो भएको जनाउँदै बेलायतकै सम्पूर्ण लगानीमा अस्पताल निर्माण भएको जानकारी दिए ।

अस्पतालले वर्षमा ३ सय बिरामीलाई शल्यचिकित्सा सहितको उपचार दिने लक्ष्य राखेको छ । अहिले दैनिक करिब १५० बिरामीले प्राथमिक सेवा लिन थालेको बताइएको छ ।

Ear Hospital

विशेष