मनोरञ्जन

यी हुन् नेपाली सेलिब्रेटि, पहिलो फिल्मबाट पारिश्रामिक नलिएकादेखि पहिलै फिल्मबाट अत्याधिक पारिश्रामिक पाएकासम्म

यी हुन् नेपाली सेलिब्रेटि, पहिलो फिल्मबाट पारिश्रामिक नलिएकादेखि पहिलै फिल्मबाट अत्याधिक पारिश्रामिक पाएकासम्म

नेपाली सिनेमा जगतमा आएको परिवर्तनसँगै फिल्मका निर्माता, निर्देशक र कलाकारले आफ्नो पारिश्रामिक बढाउने क्रम जारी छ । कोही कलाकार खुलेर आफ्नो पारिश्रमिक बताउँछन् भने कोही यसाबरे खुलाउन चाहँदैनन् । अहिले चर्चा छ नेपाली महंगा सेल्रिब्रेटिको । अभिनेता सौगात मल्ल, दयाहाङ राई, प्रियंका कार्की । हेर्नुहोस कसले कति पारिश्रमिक लिन्छन् ।

अनमोल केसी

anmol

पछिल्लो समय युवापुस्ताको ढुकढुकी बन्न सफल कलाकार हुन् नायक अनमोल केसी । चलचि होस्टलबाट लिड रोलमा प्रवेश गरेका अनमोल रातारात हिट भए । होस्टेलअघि पनि उनले चलचित्र ‘साथी म तिम्रो’ मा अभिनय गरिसकेका थिए । तर, उनलाई युवापुस्तामाझ ढुढुकी भने चलचित्र होस्टलले नै बनायो । होस्टेलको सफलता पछि अनमोललाई फिल्मको अफरको कुनै कमी रहेन । त्यसपछि उनले काम गरेका अन्य फिल्मजस्तै जेरी, ड्रिम्स, गाजलुजस्ता फिल्मले पनि उल्लेख्य सफलता हासिल गरे ।

‘ड्रिम्स’ ले करोडौँको व्यापार गर्न सफल भएप्छि उनले आफ्नो भाऊ पनि बढाए । क्युट र हेण्समको चर्चा लगत्तै उनमा अर्को उपनाम थपियो । ‘महंगा नायक अनमोल केसी ।’ उनले चलचि गाजलुबाट आठ लाख पारिश्रामिक लिएका थिए । यो पारिश्रामीक नेपाली सिने उद्योगका स्थापित अभिनेताको तुलनामा धेरै रकम हो । अब भने अनमोलले सानातिना बजेटका फिल्मा काम नगर्ने पक्का भएको छ । उनको भाऊ आठ लाखाबट बढेर अब २० लाख भएको छ । हालै उनी एक फिल्ममा काम गर्नका लागि २० लाख पारिश्रामिकसहित अनुन्बिधत भएका छन् । अनमोलको पारिश्रामिकलाई लिएर विभिन्न प्रश्नहरु उठिरहदा अनमोलले भने निर्देशक आफैले उनलाई २० लाख पारिश्रामिकको अफर गरेको बताउँदै आए ।

आर्यन सिग्देल

aryan

आर्यन सिग्देलले कुनै समय नेपाली सिने जगतमा एकक्षत्र राज गरे । उनको फिल्म एक पछि अर्को गर्दै सबैजसो सफल भइरहेका छन् । फिल्म किस्मतबाट उनले नेपाली सिनेमा जगतमा प्रवेश गरेका हुन् । उनको पहिलो फिल्म किस्मतबाट उनले पारिश्रामिक नै नलिएको जानकारी छ । पहिलो फिल्मबाट पारिश्रामिक नलिएका आर्यन अहिले महंगा नायको रुपमा स्थापित भईसकेका छन् । उनी एक फिल्ममा काम गरेवापत ६ लाखको हाराहारीमा पारिश्रामिक लिने गर्छन् । नेपाली सिनेमा जगतमा नायक अनमोल केसी भन्दा पहिला उनैको राज रहेको थियो । उनी अभिनित फिल्म किस्मत, कसले चोर्यो मेरो मन, नोभेम्र रेन, क्लासिक लगायता फिल्मले खुब चर्चा पाए । फिल्म क्लासिकले उनलाई उत्कृष्ट अभिनेताको अवार्डसमेत दिलाएको थियो ।

जीवन लुइटेल

jibamn

कुनै समय नेपाली महंगा अभिनेताको कुरा गर्दा जीवन लुइटेल पनि छुट्दैन थिए । तर, पछिल्लो समय उनी अभिनित फिल्मले राम्रो व्यापार नगर्दा उनलाई खडेरी लागिरहेको छ । उनले चलचित्र नसिबबाट नेपाली फिल्ममा पाइला टेकेका हुन् । आर्यनलेजस्तै उनले पनि पहिलो फिल्म नसिबबाट पारिश्रामि नलिएको बताइन्छ । पहिलो फिल्माटै दर्शकको मन जित्न सफल भएपछि उनलाई फिल्मको कमी भएन । फिल्ममा बारम्बार अफर आएपछि जीवन पनि के कम ? उनले पनि आफ्नो पारिश्रामिक बढाए । उनी एक फिल्ममा काम गरेवापत झण्डै पाँच लाखको हाराहारीमा पारिश्रामिक लिन्छन् । जीवनले सन् २००२ को मिस्टर नेपालाको टाइटल जितेका थिए । उनी अभिनित नाई नभन्नु ल, भुल भुलैया, स्टुपिड मन, ऋतु, धुन आदिजस्ता फिल्म चर्चामा छन् ।

सृष्टी श्रेष्ठ

sristi

पहिलो फिल्म गाजलुबाटै महंगी अभिनेत्रीको नाममा चिनिएकी नायिका सृष्टी श्रेष्ठ पूर्व मिस नेपाल पनि हुन् । पहिलो फिल्म गाजलुमा उनले गरेको कामलाई दर्शकले औधी रुचाएपछि उनी पहिलो फिल्मबाटै महंगी नायिका बनिन् । फिल्म गाजलुबाट उनले पाँच लाख पारिश्रामिक पाएकी थिइन् । नेपाली फिल्म उद्योगमा पहिलो फिल्माटै यति धेरै पारिश्रामिक पाउने सृष्टी नै पहिलो अभिनेत्री भएको बताइन्छ ।

साम्रागी राज्य लक्ष्मी शाह

samragyi

फिल्म ड्रिम्सबाट अभिनेत्री साम्रागी राज्य लक्ष्मी शाह रातारात हिट बनिन् । चलचि ड्रिम्सले त उनको चर्चा चुलायो नै । त्यसपछि साम्रागीले आफ्नो पारिश्रामि पाँच लाख तोकेपछि उनी झनै चर्चामा आइन् । चलचित्र ड्रिम्स पछि उनलाई फिल्म अफर गर्ने निर्देशक निर्माताको घुईचो थियो । तर, साम्रागीको चर्को भाएका कारण सानो बजेटमा फिल्म निर्माण गर्न लागेका निर्माता निर्देशक खाली हात फर्किन बाध्य भए । हाल साम्रागी अभिनेत्री झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘ए मेरो हजुर २’ को सुटिङमा व्यस्त छिन् । यो फिल्म नसकिएसम्म साम्रागीले अर्को फिल्ममा काम नगर्ने बताएकी छिन् ।

निखिल उप्रेती

nikhil

आफ्नो एक्कसन अभिनयबाट नेपाली सिनेमामा राज गरेका निखिल उप्रेती पनि महंगा नायकमा गनिन्छन् । केही समययता उनी नेपाली सिनेमा उद्योगाट एकाएक गायब भएका थिए । केही वर्ष भारतको बसाइ पछि फर्केका उनी अभिनित फिल्मले अहिले सफलता पाइरहेका छन् । उनी अभिनित फिल्म भैरव र लुटेराको सफलतापछि उनले पनि आफ्नो पारिश्रामि २० लाख तोके । तर उनलाई २० लाख दिएर काम गराउन कोही पनि निर्माता निर्देशक राजी भएनन् । हाल उनी अभिनित चलचित्र ‘किङ’ को टिजर आइसकेको छ । फिल्म भने पुस २९ गते रिलिज हुने बताइएको छ ।

nepali actor

विशेष