खेल

रोनाल्डोको दुई गोल, शीर्ष स्थानमा रियल मड्रिडको अग्रता

रोनाल्डोको दुई गोल, शीर्ष स्थानमा रियल मड्रिडको अग्रता
मंसिर–१२ । स्पेनिस ला लिगामा रियल मड्रिडले शनिबार राति भएको खेलमा स्र्पोटिङ गिजोनलाई २–१ ले हराएको छ । यसका साथै मड्रिडले शीर्ष स्थानमा रहेर ६ अंकको अग्रता लिएको छ । घरेलु मैदानमा रियल मड्रिडले १८ औँ मिनेटमा नै दुई गोलको अग्रता लिएको थियो । दुबै गोल क्रिष्टियानो रोनाल्डोले ५औँ र १८ औँ मिनेटमा गरेका थिए । ३५ औँ मिनेटमा स्र्पोटिङको लागि कार्लोस कार्मेनोले एक गोल फर्काए । दास्रो हाफमा भने दुवै तर्फबाट कुनै गोल हुन सकेन र मड्रिड २–१ ले विजयी भयो । जितपछि रियल मड्रिड १३ खेलबाट ३३ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको सेभिल्लाको २७ अंक छ । एक खेल कम खेलेको तेस्रो स्थानको बार्सिलोनाको २६ अंक छ । रोनाल्डोले ला लिगाकाे यो सिजनमा अहिलेसम्म १० गोल गरेका छन् ।

la liga Real Madrid Ronaldo

विशेष