खेल

लिभरपुलको अपराजित यात्रा कायमै

लिभरपुलको अपराजित यात्रा कायमै
मंसिर–१२ । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आफ्नो अपराजित यात्रा अझै कायम राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले सन्डरल्याण्डलाई २–० ले हराउँदै अपराजित यात्रा ११ खेलमा पुर्याएको हो । दोस्रो स्थानमा उक्लिएको लिभरपुलले पुछारको सन्डरल्याण्डलाई हराएको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि लिभरपुलले दास्रो हाफको ७५ औँ मिनेटमा डिभोक ओरिजीको गोलबाट अग्रता पाएको थियो । त्यसपछि इन्जुरी समयमा पाएको पेनाल्टीमा जेम्स मिल्नरले गोल गरेपछि लिभरपुलले २–० को जित निकाल्न सफल रह्यो । लिगको ११ सहित लिभरपुल सबै प्रतियोगितामा गरेर पछिल्ला १४ खेलमा अपराजित छ । जितपछि दास्रो स्थानमा उक्लिएको लिभरपुलको १३ खेलबाट ३० अंक भएको छ । शीर्ष स्थानमा रहेको चेल्सीको ३१ अंक रहेको छ । समान खेलबाट समान अंक पाएको म्यान्चेष्टर सीटी तेस्रो स्थानमा छ ।

english premier league liverpool

विशेष