खेल

बार्सिलाेनालार्इ पछि पार्दै सेभिल्ला दास्रो स्थानमा

बार्सिलाेनालार्इ पछि पार्दै सेभिल्ला दास्रो स्थानमा
मंसिर–१२ । स्पेनिस ला लिगामा बार्सिलोनालाई पछि पार्दै सेभिल्ला लिगको दास्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा भ्यालेन्सियालाई २–१ ले हराएर सेभिल्ला दास्रो स्थानमा उक्लिन सफल भएको हो । पहिलो हाफ गोलरहित सकिएपनि दास्रो हाफको ५३ औँ मिनेटमा भ्यालेन्सियाका एजिक्युल गारायले आत्मघाती गोल गरेपछि सेभिल्लाले अग्रता पाएको थियो । त्यसपछि ६५ औँ मिनेटमा एल हाडाडीले भ्यालेन्सियाका लागि बराबरी गोल फर्काएका थिए । तर ७५ औँ मिनेटमा निकोलस पारेजाले गोल गरेपछि सेभिल्ला २–१ को जित निकाल्न सफल भयो । जितपछि दोस्रो स्थानमा उक्लिएको सेभिल्लाको २७ अंक छ । तेस्रो स्थानको बार्सिलोनाले १ खेल कम खेलेर २६ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको रियल मड्रिडको ३३ अंक छ ।

la liga sevilla

विशेष