पुनःनिर्माणको काममा इन्जिनियर अपुग

मंसिर–१२ । जिरी नगरपालिकालाई इन्जिनियर पर्याप्त नहुँदा पुनःनिर्माणको काम प्रभावित बनेको छ ।
यसअघि नै पुनःनिर्माणका लागि गाउँ गाउँमा इन्जिनियरको टोली राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट खटिएको बताइए पनि नगरपालिकामा दुई मात्र इन्जिनियर छन् । नगरपालिकामा तीन हजार ६१० लाभग्राही छन् । सोका लागि पाँचभन्दा बढी इन्जिनियरको अवश्यकता पर्छ । अहिले दुई इन्जिनियरले मात्र काम गर्नुपर्दा समस्या भएको इन्जिनियर प्रभाष यादवले बताए ।
प्राधिकरणको काम गर्न नगरपालिकाको कार्यालयमा एक जना बस्नुपर्ने र एक जनाले ३ हजार ६ सय १० लाभग्राहीका लागि स्थलगत रुपमा काम गर्नुपर्ने हुँदा पुनःनिर्माणको काम प्रभावित हुँदै गएको यादवको भनाइ छ । रासस
Engineer
jiri