समाज

तोकिएको स्थानबाट सेवा प्रदान गर्न गाविस सचिवलाई निर्देशन

तोकिएको स्थानबाट सेवा प्रदान गर्न गाविस सचिवलाई निर्देशन
मंसिर–१२ । अघिल्लो वर्षको वैशाखमा आएको भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा सचिवलाई गाविसमा नै बसेर सेवा प्रवाह गर्न आईतबार निर्देशन दिएको छ । स्थानीय विकास मन्त्रालयले गाविस सचिवलाई तोकिएको स्थानमा बसेर सेवा प्रदान गर्न निर्देशन दिएको हो । मन्त्री हितराज पाण्डेले गाविसमा नै बसेर सेवा प्रवाह गर्न जिविसमार्फत सचिवहरुलाई विशेष निर्देशन दिएका हुन् । भूकम्पपछिको पुनर्निर्माणसँग सम्बन्धित काम रहेपनि गाविस सचिवले जिल्ला सदरमुकाममा सम्पर्क कार्यालय खोलेर सेवा प्रदान गर्ने गरेको पाइएकाले तोकिएको गाविसमै बसेर काम गर्नुपर्ने मन्त्री पाण्डेको भनाइ थियो । यसका साथै देशभरका गाविस सचिवलाई पनि सम्बन्धित गाविसबाटै सेवा दिनसमेत निर्देशन दिएको छ ।

Hitraj pandey vdc sachib

विशेष