स्वास्थ्य

अाँखा सुख्खा हुन नदिनका लागि अपनाउनुपर्ने सावधानीहरु ........

अाँखा सुख्खा हुन नदिनका लागि अपनाउनुपर्ने सावधानीहरु ........

धेरै समय कम्युटर वा अन्य कुनै चम्किलो प्रकाश भएको यन्त्र अगाडि बसेर एकोहोरो काम गर्दा आँखा सुक्खा हुने जोखिम धेरै हुन्छ । धेरै बेर बसेर काम गर्नुपर्दा आँखाले कम्प्युटरको स्क्रिन वा चम्किलो यन्त्र अगाडि हेर्नुपर्ने हुन्छ ।

धेरै लामो समय हेर्दा आँखाको परेला पनि धेरैबेर खोल्नुपर्ने हुन्छ । यसैले आँखाको आफ्नो नियमित गतिमा अवरोध हुन्छ र आँखा रसाउन पाउँदैन । जसले गर्दा आँखा सुक्खा हुँदै जान्छ । आँखामा आँशुको मात्रा कम भएर लाग्ने यो रोगलाई ‘कम्प्युटर सिन्ड्रोम’ भनिन्छ । समयमै ध्यान दिएन भने यो रोग बढ्दै जान्छ र अन्त्यमा मानिस दृष्टिविहीन हुने जोखिम धेरै हुन्छ । सबैभन्दा राम्रो उपाय भनेको आँखा सुक्खा भएको महसुस भयो भने नेत्र चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ । तर पनि यो रोग लाग्न नदिन आफैँले पनि केही सावधानी अपनाउन सकिन्छ 

सबैभन्दा पहिले आफैँले आफ्नो कम्प्युटर आफ्नो आँखाले तल हेर्नेगरी सेट गर्नुपर्छ । कम्प्युटरको मनिटर आँखाको दृष्टिविन्दुभन्दा उचाइमा भए आँखाको परेला बढी उघारेर हेर्नुपर्ने भएकाले आँखाको पर्दामा आँसु झर्ने क्रम घट्न सक्छ । -धेरैबेर आँखा तन्काएर एकोहोरो हेर्दा आँखाको परेला झिम्कने क्रम कम हुन्छ र आँखामा आँसु रसाउने काम पनि घट्दै जान्छ । त्यसैले अाँखा धेरै तन्काएर हेर्ने गर्न हुन्न । -आँखा सुक्खा हुन नदिन ‘बीस–बीस–बीस’ सूत्र अपनाउन पनि सकिन्छ । ‘कम्प्युटर सिन्ड्रोम’ रोग लाग्न नदिन हरेक २० मिनेट कम्प्युटरमा काम गरिसकेपछि २० मिटर टाढा हेरेर २० पटक आँखा झिम्क्याउनु पर्दछ । यसो गर्दा आँखाको परेलाले व्यायाम गर्ने अवसर पाउँछ । आँखाको परेला झिम्किएन भने आँखामा आँसु उत्पादन हुने क्रम घट्छ । यसैले यति कुरा विचार गरियो भने आँखालाई तत्काल सुक्खा हुनबाट जोगाउन सकिन्छ ।

आँखा विशेषज्ञहरुका अनुसार आँखाले घामको प्रकाशमा सोझै हेर्दा, कृत्रिम यन्त्रको अधिक प्रयोग, वायु प्रदूषण, धूमपान, मद्यपान, लामो समयको अव्यवस्थित अध्ययन, आँखामा कमसल लेन्सको प्रयोग र औषधिको जथाभावी प्रयोग आदि विभिन्न कारणहरुले गर्दा आँखा सुक्खा हुने गर्दछ । यी कुरालार्इ‍‍ ख्याल गरे अाँखा सुख्खा हुन र दृष्टिविहीन हुने जोखिमलार्इ कम गर्न सकिन्छ ।  

computer syndrome eye

विशेष