समाज

आज बाला चतुर्दशी, धार्मीक स्थलमा सतबीज छर्नेको घुँइचो

आज बाला चतुर्दशी, धार्मीक स्थलमा सतबीज छर्नेको घुँइचो

मंसिर १३ – सतबीज छरेर सोमबार बाल चतुर्दशी पर्व मनाईंदैछ । मार्ग कृष्ण पक्षको त्रयोदशीको राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान र चतुर्दशीका दिन बिहान मृगस्थलीमा सतबीज छरी बाला चतुर्दशी पर्व मनाइँदै छ ।

यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासमा आइतबार रातिदेखि नै पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । पशुपतिमा भक्तजनका लागि व्यवस्थित रुपमा बत्ती बाल्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टन्डनले जानकारी दिए ।

balachaturdashi

चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा धानका सय बीउ छरेमा जन्मने र मर्ने प्रपञ्चबाट मुक्त भइने कुरा हेमाद्रिले लेखेको चतुर्वर्ग चिन्तामणिमा व्याख्या गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले बताए ।

सतबीज सय थरी बीउ मिसाएर छर्ने भन्ने परम्परा पनि शास्त्रीय रुपमा नमिल्ने उनले बताए । धानकै सय बीउ छर्ने शास्त्रीय मान्यता भएको समितिको भनाई छ ।

Bala Chatrudasi

विशेष