समाज

मन्त्रीलाई घरमै सलामी !

मन्त्रीलाई घरमै सलामी !

मंसिर १३ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीलाई नुवाकोट प्रहरीले घरमै गएर सलामी दिएको छ । शुक्रबार बेलुका नुवाकोट आएका मन्त्री केसीलाई शनिबार बिहान र आइतबार बिहान विदुरस्थित निवासमै गएर प्रहरीले सलामी दिएको हो ।

[caption id="attachment_41181" align="aligncenter" width="800"]तस्बिरः निराजन पौडेलको फेशबुकबाट तस्बिरः निराजन पौडेलको फेसबुकबाट[/caption]

मन्त्री जिल्लामा आएर बसेका वेला भोलिपल्ट बिहानै प्रहरीले सलामी दिनैपर्ने भएकाले निवासमै प्रहरी पठाएर सलामी दिन लगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताए । ‘जिल्लामा उच्चपदस्थ व्यक्तिहरू आउँदा प्रहरीले सलामी दिने परम्परा नै हो,’ उनले भने, ‘मन्त्रीको निवास कार्यालयको नजिकै भएका कारण पनि सलामीमा नछुटाएको हो ।’

मन्त्री केसीलाई प्रहरीले सलामी दिएको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विरोध सुरु भएको छ । सलामीका लागि पुगेका पाँचजना प्रहरीले सलामीको आवश्यक सामग्रीसमेत कार्यालयबाटै बोकेर लगेका थिए ।

Arjun Narsing Kc

विशेष