खेल

नेपाली महिला टोली २३ रनमै अलआउट

नेपाली महिला टोली २३ रनमै अलआउट
मंसिर–१३ । जारी टी–२० महिला एसिया कपको आफ्नो दोस्रो खेलमा नेपाली महिला टोली श्रीलंकासँग २३ रनमा अलआउट भएको छ । थाइल्याण्डमा भइरहेको प्रतियोगितामा नेपालका आठ खेलाडी शुन्य रनमा आउट भएपछि श्रीलंकालाई २० ओभरमा केवल २४ रनको लक्ष्य दिएको हो । नेपालको लागि ज्योति पाण्डेले सर्वाधिक १६ रन बनाइन् भने सिता रानामगरले ४ र कप्तान रुबिना क्षेत्रीले १ रन जोडिन् । बाँकी दुई रन एक्सट्रामा पाएका हुन् । थाइल्यान्डमा भइरहेको प्रतियोगितामा सोमबार श्रीलंकाले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो ।

acc women t-20 nepal srilanka

विशेष