खेल

नेपालले दिएको लक्ष्य ५ औँ ओभरमै श्रीलंकाले भेट्टायो

नेपालले दिएको लक्ष्य ५ औँ ओभरमै श्रीलंकाले भेट्टायो
मंसिर–१३ । जारी टी–२० महिला एसिया कपको आफ्नो दोस्रो खेलमा नेपाली महिला टोली श्रीलंकासँग ८ विकेटले पराजित भएको छ । थाइल्याण्डमा भइरहेको प्रतियोगितामा नेपालका आठ खेलाडी शुन्य रनमा आउट भएपछि श्रीलंकालाई २० ओभरमा केवल २४ रनको लक्ष्य दिएको थियो । जवाफि ब्याटिङमा उत्रिएको श्रीलंकाले ४.३ ओभरमै २ विकेटको क्षतिमा २४ रन पूरा गरेर जित हात पारेको छ । श्रीलंकाको लागि हसिना परेराले १४ बलमा १७ रन जोडेर सर्वाधिक रन बनाए । नेपालको लागि ज्योति पाण्डेले सर्वाधिक १६ रन बनाइन् भने सिता रानामगरले ४ र कप्तान रुबिना क्षेत्रीले १ रन जोडिन् । बाँकी दुई रन एक्सट्रामा पाएका हुन् । श्रीलंकाको लागि सुगन्दिका कुमारी र इनोका रनविराले ३–३ विकेट लिएका थिए भने ओसादि रानासिङेले २ विकेट आफ्नो नाममा गरेकी थिइन् । थाइल्यान्डमा भइरहेको प्रतियोगितामा सोमबार श्रीलंकाले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो । खेलसँगै श्रीलंकाले २ अंक बटुलेको छ भने नेपालले अझैपनि खाता खोल्न सकेको छैन ।

acc women cricket nepal srilanka

विशेष