निम्तोमा युवराजले भारतीय प्रधानमन्त्री नरेन्द्रको नाम नै गल्ती लेखेपछि.........
मंसिर–१३ । भारतीय स्टार क्रिकेटर युवराज सिंह र बलिउड अभिनेत्री हेजल कीचको विवाहको दिन नजिकै गर्दा युवराजको विवाहको कार्ड निकै चर्चामा आइरहेको छ ।
३० नोभेम्बरमा हुने युवराज र हेजलको विवाहको तयारी भव्य भइरहँदा युवराजको सामाजिक सञ्जालमा मजाक उडिरहेको छ । उक्त घटना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाइएको विवाहको कार्डले गर्दा भएको हो ।
प्रधानमन्त्री मोदीलाई निम्ता गर्न युवराज संसदमै गएका थिए । तर उनको कार्डमा मोदीको नाम नै गल्ती लेखिएको थियो । जसका कारण अहिले उनी मजाकका पात्र बनेका हुन् ।
कार्डमा नरेन्द्र (Narendra) को ठाउँमा नरेन्दर (Narender) लेखिएको थियो। भारतीय प्रधानमन्त्रीलाई दिएको निम्तोमा उनको नाम नै गलत भएपछि यो घटनाले सामाजिक सन्जालमा निकै चर्चा पाएको हो।
Narendra modi
yuvraj singh