रामदेवलाई भेट्न योगमा प्रधानमन्त्री पुगेपछि बाबुरामको यस्ताे ट्वीट.....
मंसिर–१३ । नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले भारतीय योग गुरु बाबा रामदेव नेपाल आएर राष्ट्रपति देखि प्रधानमन्त्री सम्म योगमा सहभागी भएको समयमा ट्वीटरमार्फत एक टिप्पणी गरेका छन् ।
डा.बाबुरामले योगलाई धर्म, राजनीति र व्यापारको मिश्रण बनाउन नहुने टिप्पणी गरेका हुन् । आइतबार मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाबा रामदेवको निम्तोमा वीरगञ्ज पुगेका थिए । उनले ट्वीटरमा लेखेका छन्, “म योगविज्ञानको पक्षधर हुँ, ४५ वर्षदेखि सामान्य योगाभ्यास गर्दछु ! तर यो शुद्ध विज्ञानलाई धर्म, राजनीति र व्यापारको मिश्रण बनाउनु कति उपयुक्त हो ?”
https://twitter.com/brb1954/status/803083907277070338
योग विज्ञान शिविरमा चौथो दिन आइतबार राष्ट्रपति विद्या भण्डारी र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी थिए ।
वीरगञ्जमा जारी योग विज्ञान शिविर कार्यक्रममा पुगेका प्रधानमन्त्री प्रचण्ड टाइसुटमा अनुलोम विलोम गरिरहेको र रामदेव अर्धनग्न रुपमा देखिएपछि प्रधानमन्त्री प्रचण्डको आलोचना भएको छ ।
baburam bhattarai
Prachanda
ramdev