समाज

नाकाबाट अवैध ढङ्गले नेपाल भित्र्याउँदै गरेका गोरु पक्राउ

नाकाबाट अवैध ढङ्गले नेपाल भित्र्याउँदै गरेका गोरु पक्राउ
मंसिर - १३ । भारतबाट अवैध ढङ्गले नेपाल भित्र्याइएको ४२ वटा गोरु सशस्त्र प्रहरीले गएराति कपिलवस्तु, कृष्णनगरको सीमा नाका नजिकैको विद्यानगर गाविस–३ औरहवाबाट नियन्त्रणमा लिएको छ । प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक तारिकचन्द्र चौधरी नेतृत्वको टोलीले करिब रु सात लाख ५६ हजार मूल्य पर्ने ती गोरु पक्राउ गरेको हो । पक्राउ गरिएका गोरु आवश्यक कानुनी कारवाहीका लागि कृष्णनगर भन्सार नाकामा बुझाइएको छ । तस्करीमा संलग्न कसैको पहिचान हुन नसकेको र सो कार्यमा संलग्न तस्करको खोजी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक चौधरीले बताए । भन्सार बुझाइएको गोरु आवश्यक प्रक्रिया पूरा गरी लिलाम गरिने कृष्णनगर भन्सार कार्यालयले जनाएको छ ।

Bull Kapilbastu

विशेष