समाज

चैनपुरदेखि उराई भन्ज्याङसम्म पदमार्ग बनाउन माग

चैनपुरदेखि उराई भन्ज्याङसम्म पदमार्ग बनाउन माग
मंसिर–१३ । बझाङको चैनपुरदेखि उराई भन्ज्याङसम्मलाई पदमार्गका रुपमा विकास गनुपर्ने सरोकार भएकाहरुले बताएका छन् । नेपाल पर्वतारोहण सङ्घ साइपाल हिमाल शाखाले यहाँ आज गरेको छलफल कार्यक्रममा उक्त ठाउँमा आन्तरिक पर्यटकलाई आकर्षण गर्नका लागि पदमार्गका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । सो अवसरमा नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्र सापकोटाले बोर्डले पदमार्ग बनाउनका लागि सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गरेन् । बोर्डका केबी शाहले सुदूरपश्चिमको पर्यटनलाई व्यवसायीकरण गर्नुपर्ने औँल्याए । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)का अध्यक्ष चन्द्र रिजालले चैनपुरदेखि ताक्लाकोटसम्म पदमार्गको विकास गर्नुपर्ने बताए । टानका महासचिव कर्ण लामाले निजी क्षेत्र पर्यटन प्रवद्र्धन गर्न तयार रहेको जानकारी गराए । सङ्घ साइपाल हिमाल शाखाका अध्यक्ष कटक कठायतले सरकारले पदमार्ग बनाउन सहयोग गरे चैनपुरदेखि मानसरोवरसम्म जान सकिने बताए। बझाङका पत्रकार किशोरविक्रम खड्काले उक्त ठाउँमा ऐतिहासिक सम्पदा, प्राकृतिक दृश्य अवलोकन र दुर्लभ जडीबुटी पाइने भएको पदमार्गको विकास गरेर पर्यटकलाई आकर्षित गर्न सकिन्छ भन्दै सरकारलाई पदमार्गका लागि बाटो र पुल बनाइदिन आग्रह गरे । उनका अनुसार उक्त पदमार्ग हुँदै चैनपुरबाट मानसरोवर जान ९ दिन लाग्छ । रासस

Bajhang chainpur

विशेष